हिमाली श्रेष्ठ
अध्यक्ष नमस्कार!!
लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि. द्धारा खोलिएको अफिसियल साईटमा हार्दिक न्यानो सहकारीमय स्वागत गर्न चाहन्छु। मिति २०५५ चैत्र् १३ गतेबाट सुरुवात गरिएको यस संस्था मिति २०५६ जेष्ठ १० गते डिभिजन सहकारी कार्यालय धुलिखेलमा विधिवत रुपमा दर्ता भई आफनो कार्य क्षत्र् भित्र् छरिएर रहेको महिला, आमा, दिदीबहिनीहरुलाई आबद्ध गराउने, उनिहरु संग भएको पुँजीलाई संकलन गर्ने र उनिहरुको आय बृद्धि गरि आत्म निर्भर स्वाबलम्बी बनाई व्यक्तित्व र नेतृत्व बिकास गर्ने उद्देश्य यस संस्थाले लिएको छ। यस संस्था २६ औ बसन्त पार गर्दै संस्थाले आफनो परिकल्पना “समुदायमा आधारित स्मार्ट दिगो वित्तिय सहकारी संस्था” राखेका छौँ।
हामिले सहकारीकोे सिद्धान्त अनुरुप, आर्थिक जिवनस्तर सुधार ल्याउने, आधुनिक प्रबिधी मार्फत सदस्यहरुको आवश्यकता अनुसार सेवा प्रदान गर्ने र संञ्चालक समिति एवं पदाधिकारीहरु, कर्मचारीहरु एवं सदस्यहरुलाई शिक्षा, चेतनामुलक तथा सिपमुलक कार्यक्रम मार्फत जोड्ने हामिले ध्येय राखेका छौँ।
हामी समुदायमा आधारित भएर कार्य गर्ने संस्था भएकोले वित्तिय रुपमा दिगो, सक्षम तथा सबल संस्था निर्माण गर्दै सदस्यहरुलाई उच्चस्तरिय सेवा प्रदान गर्ने, संस्थालाई अन्य संस्थाहरु बिच प्रतिस्पर्धी बनाउदै संस्थालाई व्यबसायिक बनाई नेतृत्व तथा व्यबस्थापनको ज्ञान, सिप तथा क्षमताको विकास गर्ने रणनीतिक उद्देश्य लिई अघि बढेका छौँ । यसैको फलस्वरुप संस्थाको नेतृत्व गर्दै जिल्लामा रहेका सहकारीका छाता संगठनहरुमा पहिचान योग्य र नेतृत्वदायी भूमिकामा पुग्न सफल भएका छौँ । संस्थालाई सहकारी मुल्य मान्यता, निति विधि, ऐन, कानुनको परिधिमा रहि अझ दिगो र उत्कृष्ट बनाउन नेपाल केन्द्रिय बचत तथा ऋण सहकारी संघ लि. द्धारा संञ्चालित प्रोबेशन कार्यक्रममा आबद्ध रहेका छौँ। यो हामी सबैको प्रयासले संस्था उत्कृष्ट सहकारीको रुपमा समुदायमा स्थापित भएको छ यस्लाई निरन्तरता दिन यहाँहरु सबैको निरन्तर साथ, सहयोग र सुझाबको अपेक्षा राखेको छु। धन्यबाद।
जय सहकारी।
हिमाली श्रेष्ठ
अध्यछ
shresthahimali123@gmail.com
९८४१८४८६९६